Section 20
सम्पर्क अधिकृत
(१) पर्वतारोहणको निमित्त अनुमति प्राप्त गर्ने पर्वतारोही दलले पवतारोहणमा जाँदा नेपाल सरकारले खटाएको संख्यामा सम्पर्क अधिकृत साथमा लैजानु पर्नेछ । नेपाल सरकारले सम्पर्क अधिकृत लैजानु नपर्ने गरी हिमालचूलीहरू तोक्न सक्नेछ ।(२) उपदफा (१) बमोजिम साथमा खटी जाने सम्पर्क अधिकृतलाई सम्बन्धित पर्वतारोही दलले पर्वतारोहण अभियानको लागि प्रस्थान गरेको मितिदेखि पर्वतारोहण समाप्त गरी काठमाडौं
वा नेपाल सरकारले तोकेका अन्य स्थानमा नफर्कुञ्जेलसम्म तोकिए बमोजिमको सुविधा िदनु पर्नेछ । (३) सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
वा नेपाल सरकारले तोकेका अन्य स्थानमा नफर्कुञ्जेलसम्म तोकिए बमोजिमको सुविधा िदनु पर्नेछ । (३) सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।